– शिव लामिछाने
आमरण अनसनमा रहेका डा. गोबिन्द केसीले बिहीबारबाट अनसन फिर्ता लिएको सुन्न पाइयो । आमरण अनसनमा बसेको १२ दिनपछि बिहीबार उनले सरकारसँग बिभिन्न बुँदामा सहमति गरेर अनसन तोडेको खबरले खुसी बनाएको छ ।
यस्तो खुसी पहिलो हैन । डा. गोबिन्द केसीले आमरण अनसन तोडेको खुसी नै यो पाँचौँपटक हो । पटक–पटक सरकारले माग पूरा गर्न भन्दै सहमति गर्ने र पछि माग पूरा नगर्ने र पुनः अनसनमा बस्ने यो सरकार र डा. गोबिन्द केसीबीचको श्रृङ्खला नै बनेको थियो । खुसीको कुरा त हो, डा. केसीको आमरण अनसन बिभिन्न बुँदामा सहमति हुँदै रोकिएको छ तर के छैटौँपटक फेरि अनसन बस्नुपर्ने र फेरि अनसन तोडेमा खुसी हुँदै श्रृङ्खलालाई निरन्तरता दिनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
















प्रतिक्रिया