१४ कार्तिक २०८३, शनिबार

नक्कली बैना कागज बनाइ ५० लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३१ चैत । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले नागार्जुन नगरपालिका–६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।