३ कार्तिक २०८३, मंगलबार

ब्रिटिस कलेजमा नेपालकै गुणस्तरीय शिक्षा : शिक्षामन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Snap 1 काठमाडौं, १९ चैत । शिक्षामन्त्री चित्रलेखा यादवले द ब्रिटिस कलेजले नेपालमा दिदैं आएको बेलायती गुणस्तरीय शिक्षाबाट आफू प्रभावित भएको बताएकी छन् ।

बिहीबार थापाथलीस्थित ट्रेड टावरमा रहेको ब्रिटिस कलेजको अवलोकन भ्रमणपछि मन्त्री यादवले व्रिटिस कलेज नेपालकै गुणस्तरीय शिक्षाको खानी भएको बताउनुभएको हो ।

उनले ब्रिटिस कलेजले नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा काठमाडौंमै उपलब्ध गराउँदैं नेपाललाई शैक्षिक हब बनाउन गरेको प्रयास प्रशंसनीय भएको बताइन् । ‘नेपालमा शिक्षाको गुणस्तरमाथि उठाउन गर्ने काममा मन्त्रालय सहयोग गर्न तयार छ,’ उनले भनिन् ।

Snap2त्यस्तै, मन्त्रीसँगै आएका बेलायती दूतावासका गाई ह्यारिसनले ब्रिटिस शिक्षा प्रणालीबाट चीन, सिंगापुर, थाइल्याण्ड लगायतका संसारमा थुप्रै देशले फाइदा लिएको बताए ।

उनले यो मोडलको शिक्षा प्रणालीले नेपाललाई फाइदा पुर्‍याउने विश्वास समेत व्यक्त गरे । ‘ब्रिटिस एम्बेसी नेपालमा बेलायती डिग्रीलाई सञ्चालन गर्ने काममा सहयोग गर्न तयार छ,’ उनले भने ।

त्यस्तै कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले गुणस्तरीय शिक्षा दिन आफुहरु प्रतिबद्ध रहेको बताए । ‘हाम्रो उद्देश्य गुणस्तरीय शिक्षा दिने हो’ कँडेलले भने, ‘हामी नेपालका विश्वविद्यालयलाई सहयोग पु¥याउन चाहन्छौं । शिक्षाको स्तर सुधार्न चाहन्छौं ।’

नेपालमा लेक्चर, प्रोफेसरलाई समेत तालिम दिएर उनीहरुको क्षमता विकासमा सहयोग गर्दै आएको समेत उनले बताए ।