
काठमाडौँ, ३० चैत । कैलालीको त्रिनगर नाका नेपाल प्रवेश गरेका १३ जनामा कोरोना पुष्टि भएको छ ।
सोमबार नेपाल भित्रिएको १३ जनाको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणमा संक्रमण देखिएको हो ।
नाकामा रहेका हेल्पडेस्कमा कार्यरत अहेव लोकेन्द्र शाहीलेण् कैलालीको घोडाघोडी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका दुईजना, धनगढी उपमहानगरपालिकाका एक जना, मेल्लेख गाउँपालिकाका एकजना, बाजुरा जिल्लाका एकजना, गौरीगंगा नगरपालिकाका एकजना र बोग्टान डोटीका एकजनामा संक्रमण पुष्टि भएको जनाएका छन् ।
पछिल्लो समय भारतमा संक्रमण तीव्र भइरहेका बेला त्यहाँबाट नेपाल आउनेको क्रम बढिरहेको छ ।












प्रतिक्रिया