१४ कार्तिक २०८३, शनिबार

बर्दियमा बाख्रा चराउन गएकी महिलाको हात्तीको आक्रमणले मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २९ चैत । बर्दियामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बाख्रा चराउन गएकी गेरूवा गाउँपालिका–१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहराको आइतबार दिउँसो १ बजे बगुवा सामुदायिक जंगलमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

हात्तीको आक्रमणबाट बोहराको मृत्यु भएको भन्ने खबर प्रहरीले ३ बजे पाएको थियो । इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो ।

प्रहरी टोलीले भुन्टीको शवलाई सुरक्षित स्थानमा ल्याएको छ ।