
काठमाडौँ, २९ चैत । काठमाडौँ उपत्यकामा आइतबार परम्परागत घोडेजात्रा पर्व मनाइएको छ ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय मानिसमा रहेको जनविश्वास रहेको छ ।
त्यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
नेपाली सेनाले टुँडिखेलमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी घोडेजात्रा मनाएको छ ।
हेर्नुस् तस्वीरहरु:



















प्रतिक्रिया