३ कार्तिक २०८३, मंगलबार

पाल्पामा महशुल नबुझाउने १९६ ग्राहकको विद्युत लाइन काटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidut-chor– सुशिल नेपाल
पाल्पा, १९ चैत । नेपाल विद्युत प्राधिकरणले पाल्पामा १ सय ९६ घरधुरीको विद्युत लाइन काटेको छ ।

विद्युत चोरी गर्ने, समयमै विद्युत महशुल नबुझाउने, विद्युत चुहावट गर्ने  ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण पाल्पाले जनाएको छ ।

विद्युत प्राधिकरणले जिल्लाको विभिन्न स्थानका ती ग्राहकहरुबाट ५ लाख ३७ हजार २ सय ३३ रुपैयाँ राजश्व समेत संकलन गरेको छ । विगत २ महिनायता उनीहरुको लाइन काटिएको र जरिवाना सहितको कारवाही पछि छाडिएको हो ।

पछिल्लो समय प्राधिकरणले विद्युत चुहावट रोक्ने अभियान नै चलाएको छ । यसरी कारवाहीमा पर्नेहरुमा सदरमुकामकै फर्निचर, उद्योग, राइस मिल र घरहरु समेत रहेको प्राधिकरणका प्रमुख नवल किशोर गोइतले बताए ।

आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने प्राधिकरणले जनाएको छ ।