
काठमाडौँ, २८ चैत । साउदी अरेबियाको अलमराई कम्पनीमा कार्यरत नेपालीहरुले झापाको हल्दिबारीका क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
कम्पनीमा कार्यरत युवा धनपति खतिवडाको अग्रसरतमा हल्दिबारी गाउँपालिका १, फाल्गुनन्द चोकका ६४ वर्षीय क्यान्सर पीडितका लागि उठेको ३३ हजार १ सय ४५ रुपैयाँ प्रदान गरिएको छ ।
घिमिरेको हाल बिर्तामोडस्थित बिएण्डसी क्यान्सर अस्पताल उपचार भइरहेको छ ।
विदेशमा उठेको रकम स्थानीय गाउँका अगुवा वुद्धिजिवि तथा समाज सेवीको उपस्थितिमा पीडितलाई हस्तान्तरण गरिएको हो ।












प्रतिक्रिया