कञ्चनपुर, १९ चैत । भारतमा रोजगारी लगाइदिने भन्दै ठगी गर्दै हिँड्ने एक जनालाई आज प्रहरीले भीमदत्तनगर बजार क्षेत्रबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा बैतडी कटौजपानी गाविस–५ बस्ने गणेशबहादुर विष्टका छोरा हरीश छन् । ठगी गर्ने कार्यमा संलग्न हर्कबहादुुर विष्ट, कञ्चनपुर झलारी पिपलाडी नपा–१ बन्साह बस्ने २६ वर्षीय अम्मर साउद र २५ वर्षीय राजीव बोहरा फरार रहेकाले खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
भारतको हल्द्वानीस्थित माउन्ट भिजन कम्पनीमा राम्रो काम पाइन्छ, तर सात वटा तालिम गर्नुपर्छ भन्दै तालिमबापत दैनिक रु १० हजारका दरले रकम असुल्दै गरेका विष्टलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले बताउनुभयो । रासस















प्रतिक्रिया