१ कार्तिक २०८३, शनिबार

थापालाई सांसदबाट हटाउन पत्राचार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २८ चैत । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रामबहादुर थापाको पद खारेजीको पत्र संसद सचिवालयमा पठाएको छ ।

शुक्रबार पठाइएको पत्रमा थापाले दल त्याग गरेर एमालेमा गएका कारण उनलाई स्पष्टीकरण सोधिएकोमा जवाफ नदिएपछि सांसद पद खारेज गरिएको उल्लेख गरिएको छ ।

संसद् सचिवालयमा पत्र दर्ता गरेपछि राष्ट्रिसभाको अधिवेशन चालु नरहेकाले १५ दिनभित्र सूचना जारी गरी उनको पद खारेज भएको जानकारी गराउनुपर्ने संसद् नियमावलीको व्यवस्था छ। यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका चार सांसदको पद पनि खारेज गर्दै पत्र पठाएको थियो । नागरिक दैनिकले खबर छापेकाे छ ।