२९ आश्विन २०८३, बिहिबार

‘माया गर्छु’ भन्दा यसरी हिरोइनका पछाडी केटाहरु पल्किएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

farmula 2 कतार । नेपाली चलचित्र निर्माणको क्रम स्वदेशमा जति बढी रहेको छ त्यतिकै प्रदेशमा समेत नेपाली चलचित्र बन्ने क्रम दिनानुदिन बृद्धि भइरहेको छ ।

मध्यपूर्वमा नेपाली चलचित्र निर्माण गरिन थालेपछि कतारलाई पनि चलचित्र छायाँकनको लागि नयाँ गन्तव्यको रुपमा लिन थालिएको छ। नेपाली चलचित्रलाई स्वदेश देखि आएर छायाँकन होस् वा नेपाली चलचित्रलाई प्रदर्शन गरेर ।

हरेक हप्ता उत्तिकै मात्रामा दौड चलिरहेको छ । कतारको पृष्ठभुमिसँगै कतारमा रहेका प्रतिभावान कलाकारहरुले प्रेम कथामा आधारित युवा पुस्ताको मनोभावनालाई मध्य नजर राख्दैएस बी फिल्म्सको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘फरमूला’को छायाँकन भर्खरै पुरा भएको छ ।

farmula 1कतारका विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको नेपाली कथानक चलचित्र ‘फरमूला’को मुख्य भूमिकामा कुन्दन क्षेत्री, ओबी रायमाझी र समिक्षा श्रेष्ठको अभिनय रहेको छ ।

साथै नारायण ढुंगाना, सन्देस पौडेल, बच्चु पौडेल, जानुका थापा मगर लगायतका कलाकारहरुलाई बिशेष भूमिकामा देख्न सकिने छ । चलचित्रलाई एस बि फिल्मस् प्रालिका संयोजक सन्त बम्जनले निर्देशन गरेका हुन् ।

सम्पूर्ण छायाँकन पुरा भए लगतै चलचित्रलाई सम्पादन गर्ने कार्य भइरहेको छ । सम्पूर्ण छायाँकन विदेशमा गरिएको चलचित्र फरमुलामा कसैलाई व्यंग्य एवम कुनै पनि राजनीतिक बिषय वस्तुलाई उठान गरिएको छैन् ।

farmula 3चलचित्रमा माया प्रेममा घात, प्रेमिकाको कारणले मित्रतामा मनमुटाव, चेलीबेटी बेचबिखन लगायतका विषय वस्तुहरुलाई समेटेर तयार पारिएको छ ।

चलचित्रको सम्पूर्ण छायाँकन विदेशमा गरिए पनि नेपालीले भोगेका वास्तविक कुराहरुलाई भने यस चलचित्रमा समेटिएको छैन ।

चलचित्र निर्देशक बम्जनका अनुसार चलचित्र बिसुद्ध मनोरन्जनात्मक रहेको र प्राय चलचित्र बिभिन्न आक्षेप लगाएर आफुलाई चोखो बनाउन खोज्ने प्रवृतिका नेपाली चलचित्र बनिरहेको समयमा प्रवासमा रहेर निर्माण गरिएको माया प्रेममा आधारित चलचित्र ‘फरमूला’ लाई दर्शकहरुले हेरेपछि पूर्ण मनोरन्जन लिनेमा आफु विश्वस्त रहेको बताए ।