३ कार्तिक २०८३, मंगलबार

भक्तपुरको इँटा पोखरीमा ६० वर्षीय पुरुष खस्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १९ चैत । महामञ्जुश्री-नगरकोट नगरपालिका ताथली पण्डित पँधेरामा इँटा बनाउन खनिएको पोखरीमा आज एक पुरुषको शव भेटिएको छ ।

स्थानीयवासीले भैँसी नुहाउनसमेत प्रयोग गर्ने सो पोखरीमा आज बिहान ११ बजे अन्दाजी ६० वर्षीय ढाकाटोपी लगाएको, नीलो टिसर्ट र खैरो पाइन्ट लगाएको तथा खाली खुट्टा रहेको शव शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक हर्क रावतले जानकारी दिनुभयो ।

शवमा बाहिर घाउचोट नपाइएको तर हत्याको शङ्का रहेको प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिनुभयो । शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

उनलाई धकेलेर पोखरीमा खसालिएको हुन सक्ने प्रहरीको अनुमान छ । इँटाभट्टाका लागि खनिएको पोखरीमा डुबेर हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ ।