न्युयोर्क । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ ।
टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।
अस्टिन प्रहरी विभागका अनुसार मध्यरात स्थानीय आवसीय क्षेत्रमा थापालाई गोली हानिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राति १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।
स्प्रिङ रोडस्थित कंकड अपार्डमेन्ट क्षेत्रमा मंगलबार राति गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । थापा झन्डै ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए ।
पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रामणका घटना बढिरहेको समयमा थापाको हत्या भएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस