२९ आश्विन २०८३, बिहिबार

यमनमा अलपत्र परेका ७ जना नेपालीको उद्धार 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yeman 2 – विजय थापा 
वाशिंगटन, डिसी । यमनमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको जानकारी २००७ देखि नै यमनको होदेईदाहमा प्रोग्रेसिओ संस्थामा कार्यरत काठमाडौँ घर भएका प्रचण्ड मान श्रेष्ठले दिए ।
अरेबियन मुलुक यमन गृहयुद्धमा फसेको कारण यमनमा रहेका नेपालीहरुले सरकारले अबिलम्ब उद्धार गरि सकुसल मुलुक फर्काउने चाजो मिलाई दियोस चाहना रहेको श्रेष्ठले बताए ।
हाल हवाई आक्रमण जताततै भै रहेको र स्थलगत युद्ध पनि सुरु हुने भएकोले चाडो भन्दा चाडो बाहिर निक्लन चाहेको बताउदै जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल उद्धारको लागि पहल गरि दिन आग्रह गरेको जानकारी दिए ।
 
श्रेष्ठले कम्तिमा ३० जना नेपाली अलपत्र परेको जानकारी दिनुको साथै उक्त संख्या बढी पनि हुन् सक्ने बताउदै नेपालीहरु सम्पर्कमा आउन थालेको बताए । यमनको प्रमुख सहर अडेनमा र अर्को शहर सानामा रहेका नेपालीको जीवन जोखिममा रहेको श्रेष्ठले बताए ।
 
श्रेष्ठले दिएको पछिल्लो जानकारी अनुसार आज अप्रिल १ तारिखको दिन पानी जहाज आईएमओ ७७१८८१४ बाट ७ जना नेपालीहरुलाई उद्धार गरिएको बताए । र भोलि पनि उद्धारको क्रम जारी रहने बताए ।
 
yemanउक्त जहाज यमनको एडेनबाट डिजीबौटी अफ्रिकन मुलक हुदै भारतीय नागरिकलाई भारत सम्म पुर्याउने छ । भारतले चाह्यो भने त्यहाँबाट नेपालीहरुलाई भारत सम्म पुर्याउन सक्छ । नेपालीहरु नेपाल पुग्न सक्छौ तर जोखिम लिन भारतले चाहेन भने अफ्रिकन मुलक डिजीबौटी बाट आफ्नो व्यवस्थाले नेपाल जानु पर्ने हुन्छ भनि श्रेष्ठले बताए ।
 
अफ्रिकन मुलुक डिजीबौटी पश्चिममा ईथियोपिया, सोमालिया दक्षिणपुर्वमा पर्दछ । नेपालले भारतसँग सहयोगको लागि आग्रह गरेकोले नेपालीको उद्धार भारतले गरेको हो ।
 
yeman 1श्रेष्ठले साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले यमनमा परेका नेपालीलाई उद्धार गरी ल्याउन बिशेष पहल गरेको बताउदै आफ्नो पालो अप्रिल २ तारिखमा आउने कुरामा बिश्वस्त रहेको बताए ।
 
यमनमा एनआरएन नभएको श्रेष्ठले बताए । नेपाल सरकार र अन्यलाई के संदेश दिन चाहनु हुन्छ भन्ने सवालमा श्रेष्ठ भन्छन धेरै जना खटिई राख्नु भएकोले धन्यबाद दिन चाहन्छु । र ,यमनमा फसेका सबै नेपालीको उद्धार छिटो होस् भन्ने चाहना रहेको बताए ।
 
यमनमा नेपाली दूतावास छैन । अवैध तरिकाले यमनमा नेपाली कामदारहरु पुगेका छन् ।
 
राजधानी सानामा र अर्को प्रमुख सहर एडेनमा नाम पहिचान भएका सुचीमा प्रभु प्रसाद चौधरी ,मनोज भट्टराई, अनिल विश्वकर्मा, सन्तोष जिसी ,प्रकाश डोटेल, सन्तोष पाण्डे, खिमानन्द पौडेल ,लेखनाथ खनाल, विनुदास श्रेष्ठ ,भक्तबहादुर श्रेष्ठ तथा काठमाडौँका प्रचण्डमान श्रेष्ठ र राधिका श्रेष्ठ रहेका छन् l प्रचण्डमान श्रेष्ठ श्रीमती राधिका श्रेष्ठका साथ यमनमा बस्दै आएका छन् ।