
– सन्तोष काफ्ले
धरान । मिस पूर्वाञ्चल २०१५मा सहभागी सुन्दरीहरुले बुधबार आ-आफ्नो ट्यालेण्ट प्रस्तुत गरेका छन् ।
विराटनगर स्थित गुरुकुलमा भएको नारायण स्टोर मिस ट्यालेण्ट सो मा उपाधिका होडमा रहेका सहभागीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । मिस पुर्वाञ्चलको उपाधीको होडमा रहेका अधिकांश सहभागीहरुले नृत्य प्रस्तुत गरेका थिए भने दुई जनाले गायन र एक जनाले वक्तृत्व कला प्रस्तुत गरेका थिए ।
सहभागी मध्ये प्रियंका श्रेष्ठले बक्तृत्व कला प्रस्तुत गरेकी थिइन भने पुजा खड्काले चाहना सकियो बोलको गीत प्रस्तुत गरेकी थिइन । स्मिता थापाले विथ योर लभ बोलको अंग्रेजी गीत प्रस्तुत गरिन् भने सरुपा थापा मगरले माइतीघरबोलको गीतमा नृत्य प्रस्तुत गरिन् ।
त्यसै गरि स्मृती श्रेष्ठले सानु माया बोलको गीतमा आफ्नो नृत्य कौशलता प्रस्तुत गरेकी थिइन भने मिसाल श्रेष्ठले नेपाली मिक्स गीतमा नृत्य गरिन् । के को माला वोलको मारुनी भाकामा विद्या चौहानले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरिन् भने सामुना लिम्बुले बारुले कम्बर बोलको गीतमा नृत्य गरेकी थिइन् ।
त्यस्तै सञ्जु मल्ल ठकुरीले मलाई पुगेन बोलको गीतमा, साइरा मगरले वोम वोम बोलको अग्रेजी गीतमा आफ्नो कौशलता देखाएकी थिइन् । यता प्रमिसमा बज्रचार्यले शास्त्रिय गीतमा नृत्य गरिन् भने अनु राईले हिपहप गीतमा आफ्नो कला प्रस्तुत गरेकी थिइन् ।
लोटस चाम्लिङले झ्याउरे भाका मा नृत्य प्रस्तुत गर्दा अनिता थापले भने बनमा फुल्यो फुल बोलको गीतमा नृत्य गरेकी थिइन् । ट्यालेण्ट सोमा उत्कृष्ट प्रस्तुती दिने विजेतालाई अगामी चैत्र २७ गते धरानमा हुने प्रतियोगिताको फाइनल का विजेतासँगै नगद ७ हजार र उपहार प्रदान गरिने छ ।
नारायण स्टोर मिस ट्यालेण्ट सोको निर्णायक हरुमा भने गायक सुमित खड्का, सपना श्रेष्ठ र एपी शेर्पा तथा एनआरएन हङकङका सल्लाकार धन थापा, नृत्य निर्देशक देवराज खड्का, साउण्ड इञ्जिनियर सुन्दर श्रेष्ठ रहेका थिए ।
प्रतियोगितमा विशेष अतिथिको रुपमा एनआएन हङकङका पुर्व उपाध्यक्ष शत्रुघन उदास, सिजी ब्रुअरीका एरिया सेल्स मेनेजर श्याम भट्टराई लगायत रहेका थिए । मिस ट्यालेण्टसँगै शनिबार होटल एसोसिएसन भेडेटार को संयोजनमा धनकुटाको नाम्जेमा सञ्चालनमा रहेको होम स्टेको प्रबद्र्धन गर्ने उद्देश्यले मिस पुर्वाञ्चलका फाइनलिष्टहरुको एक दिने होमस्टे कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
साथै धरानमा यामाहा स्कुटी र्याली, पर्यटकीय तथा धार्मीक क्षेत्रका सरसफाई र जेब्रा क्रसिङ निर्माण लगायतका कार्यक्रम गरिने प्रतियोगिताका संयोजक लक्ष्मण श्रेष्ठले बताए । प्रतियोगितामा सुनसरी मोरङ झापा उदपुर लगायतका जिल्लाका १४ जना सहभागी रहेका छन् ।















प्रतिक्रिया