१ कार्तिक २०८३, शनिबार

ओलीले वामदेवलाई हराएको नेपालको आरोप

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २३ चैत । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अध्यक्ष केपी शर्मा ओली समूह लागिपरेको बताएका छन् ।

नेता नेपालले आइतबार एमाले काठमााडौं जिल्ला समानान्तर कमिटी गठन गर्ने क्रममा गत निर्वाचनमा ओली समूहले वामदेव गौतम र आफूलाई हराउन कोसिस गरेको बताएका हुन् । ‘वामदेवजी र मलाई हराउन कोसिस गरेका थिए, वामदेवजीलाई भने हराए नै’, नेपालले भने। ओली पूर्वाग्रही भएको पनि नेपालले बताए ।

नेता नेपालले पार्टीभित्र पहिलादेखि नै गुट चलाउँदै आएका ओलीले कुनै दिन कम्युनिस्ट आन्दोलन विघटन गर्न सक्ने बताए। उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीका हर्कतले यस्तै संकेत गरेको बताए। ‘ओलीले एक दिन कम्युनिस्ट पार्टी नै विघटन गरिदिएँ भन्न सक्छन्’, नेपालले भने। उनले ओलीको तानाशाही प्रवृत्तिविरुद्ध आफूहरू चुप नलाग्नेसमेत बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भ¥याङ बनाएर ओली प्रधानमन्त्री भएको नेपालको भनाइ थियो।

नेता नेपालले बजेट र डिपिआर नै नभएका कार्यक्रम शिलान्यास गरेर प्रधानमन्त्री ओलीले भ्रम छरिरहेको दाबी गरे। ‘तमासा मात्र गरियो। यत्तिकै स्विच थिचेर १६५ वटै निर्वाचन क्षेत्रमा सडक शिलान्यास। यो तमासा होइन रु संसारमा कहीँ भएको छ यस्तो रु डिपिआर पनि छैन, कति खर्च लाग्छ भन्ने पनि थाहा छैन,’ नेता नेपालले भने, ‘बालुवाटारमा बस्यो, स्विच थिचिदियो, शिलान्यास ग¥यो।’

एमाले नेपाल समूहले काठमाडौंमा वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी गठन गरेको छ। वरिष्ठ नेता झलनाथ खनाल र नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो। वाग्मती प्रदेशसभा सदस्य मानन्धरको नेतृत्वमा बनाइएको कमिटीमा उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की, उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ छन्। कमिटी १ सय ६८ सदस्यीय छ । नागरिक दैनिकले खबर छापेकाे छ ।