२८ आश्विन २०८३, बुधबार

उम्मेदवारी नदिएका नेता पदाधिकारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist_buildingकाठमाडौं । एकीकृत नेकपा माओवादीमा आइतबारदेखि मंगलबारसम्म भएको पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी निर्वाचनमा बहिष्कार गरेका तथा उम्मेदवारी नदिएका पनि निर्वाचित भएका छन्।

पार्टी पदाधिकारी चयन क्रममा मंगलबार त सुरुमै सहमति गरेर निर्वाचन गरिएको थियो, जुन आफैंमा ‘अनौठोु अभ्यास हो। अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपाध्यक्ष बाबुराम भट्टराई पक्षधरको विरोधका बाबजुद ‘एकलौटीु रूपमा केन्द्रीय सदस्यहरू ‘मनोनीतु गरेका थिए। तिनै केन्द्रीय सदस्यमध्येबाट पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी निर्वाचन गरिएको हो। पोलिटब्युरोमा ५०, स्थायी समितिमा १६ र पदाधिकारीमा ९ जना निर्वाचित भएका छन्।


मंगलबार पदाधिकारी चयन क्रममा आइतबार र सोमबारभन्दा अझै रोचक दृश्य देखियो पार्टी कार्यालय पेरिसडाँडामा। मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिवमा कृष्णबहादुर महरालाई बनाउने ‘सर्वसम्मतु निर्णय गर्‍यो। तीन सचिवमा गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी र वर्षमान पुन तथा कोषाध्यक्षमा हरिबोल गजुरेललाई जिम्मेवारी दिने सहमति गरियो।

केन्द्रीय समितिले पदाधिकारी तय गरे पनि सोही पदका लागि एमाओवादीले अपराह्न पार्टी मुख्यालयमा निर्वाचन गरेको छ। ‘पदाधिकारीमा कस–कसले जिम्मेवारी पाउँदैछन् भन्ने केन्द्रीय समिति बैठकमा सहमति भइसकेको थियो, तर केन्द्रीय समितिमा सर्वसम्मत भएकालाई पुनः मतदान गरी औपचारिक दिने निर्णयअनुसार निर्वाचन गरिएको हो,’ केन्द्रीय सदस्य भरत साहले भने।

साधारण सदस्य मात्रै रहने, तर कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका भट्टराईलाई केन्द्रीय कार्यालयमा राख्न विधान संशोधन गरिएको छ। भट्टराई अनुपस्थित भएको बैठकले विधान नै संशोधन गरेर केन्द्रीय कार्यालयमा बस्न पाउने गरी भट्टराईलाई ‘वरिष्ठ सदस्युमा चयन गरेको छ। नागरिक दैनिकबाट