३ कार्तिक २०८३, मंगलबार

जागिर लगाइदिने भन्दै बन्धक बनाएर युवतीको यौन शोषण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape-Sexगौशाला, १८ चैत्र । महिनौंदेखि एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको आरोपमा महोत्तरी प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी गाविस-५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभएको छ ।

पक्राउ परेका चौधरीले गत भदौ महिनादेखि नै बारा जिल्ला घर भएका १५ वर्षीया एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको पीडित युवतीले आरोप लगाएकी छिन् ।

बारा जिल्ला घर भएकी ती युवती बुबा, आमासहित स–परिवार भारतको पञ्जाबमा बस्दै आएकी थिइन् । पक्राउ परेका चौधरीका ६० वर्षीय दाजु रामबहादुर चौधरीले गत जेठ महिनामा ती युवतीलाई ललाइफकाई जागिर लगाइदिने भन्दै नेपालको महोत्तरीको हरिहरपुर हरिणमरी आफ्नो घरमा ल्याएर बन्धक बनाई यौन शोषण गर्दै आएका थिए ।

गत भदौ महिनामा दाजु रामबहादुर अचानक ती युवतीलाई भाइको भोगेन्द्रको घरमा छाडी गायब भएपछि गत भदौदेखि भाइ भोगेन्द्रले युवतीलाई यौन शोषण गर्दै आएका थिए ।

यसैबीच, भारतको पञ्जाबबाट छोरीको खोजबिन गर्दै युवतीको आमा महोत्तरी आइपुगेकी हुन् र उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको जाहेरीको आधारमा आज खटिगएको प्रहरीको विशेष टोलीले भोगेन्द्रलाई ती युवतीलाई बन्धक बनाई घरमा राखेकै अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले पीडित युवतीलाई स्वास्थ्य जाँच गराउन जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ । पीडक चौधरीलाई जिप्रका महोत्तरीमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

पीडकका दाजु रामबहादुर चौधरीको खोजीमा प्रहरी परिचालन गरिसकिएको जिप्रका महोत्तरीले जनाएको छ । रासस