२९ आश्विन २०८३, बिहिबार

‘टपलेस’ भएको भन्दै सन्नी लियोनी विरुद्ध मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

leela_poster2 (1) मुम्बई । बलिउडकी चर्चित नायिका तथा पूर्व पोर्नस्टार सन्नी लियोनी विरुद्ध प्रहरीमा मुद्दा परेको छ । चलचित्र एक पहेली लिलाको प्रचारप्रसारमा व्यस्त नायिका सन्नी विरुद्ध भारतको सूरतका एक व्यक्तिले प्रहरीमा मुद्दा दर्ता गराएका हुन् ।

चलचित्र एक पहेली लिलाको प्रचारप्रसारका क्रममा सन्नी सूरत पुगेकी थिईन् । चलचित्र प्रमोशनका लागि टपलेस फोटो बाँडेर सडकमा भीड जम्मा गरेको आरोपमा सन्नीविरुद्ध मुद्दा परेको हो ।

सन्नी चलचित्र प्रमोशनका क्रममा आफ्ना पति डेनियलसँग सूरत गएकी थिईन् । आफूविरुद्ध मुद्दा परेपछि सन्नीले सामाजिक सञ्जालबाट फ्यानसँग माफी मागेकी छिन् ।

कार्यक्रम व्यवस्थित हुन नसकेको भन्दै सन्नीले ट्विटरबाट फ्यानसँग माफी मागेकी हुन् । प्रहरीले भने सन्नी विरुद्ध उजुरी आएको बारे पुष्टि गरेको छैन् । सन्नीको चलचित्र एक पहेली लिला आगामी अप्रिल १० गते प्रदर्शन हुँदैछ । एजेन्सी

leela_poster2