काठमाडौं, १८ चैत । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुखलाई ‘अप्रिल फुल’मा झुक्याउने एक व्यक्ति प्रहरी फान्दामा परेका छन् ।
ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी डम्बरबहादुर विकसँग ‘अप्रील फुल’ मनाउन बुधबार विहानै ‘गाउँमा मान्छे झुण्डिएर मरेको’ भन्दै फोन गरेर झुक्याउने पात्ले गाविसका डिकबहादुर तामाङ फन्दामा परेका हुन् ।
मान्छे झुण्डिएर मरेको खबर पाएपछि पाँच घण्टा पैदल हिँडेर प्रहरी घटनास्थल पात्ले पुगेको थियो । पात्लेमा पुग्दा कतै मान्छे झुण्डिएर मरेको नभेटिएपछि ‘अप्रील फुलमा’ प्रहरी नै झुक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बैद्यनाथ यादवले डिएसपी ‘साब’लाई फोन आएको नम्बरमा टेलिफोन गरेर सोध्दा तामाङले ‘अप्रील फुल’ मनाउन फोन गरेको जवाफ दिएको बताउनुभयो ।
सुरक्षा र ज्यान जस्तो संवेदनशील विषयमा अप्रील फुल भन्दै अनावश्यक दुःख दिएको भन्दै प्रहरीलाई नै झुक्याउने तामाङलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको दायरामा ल्याईने प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।












प्रतिक्रिया