३ कार्तिक २०८३, मंगलबार

मोरङको बस दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_0011विराटनगर, १८ चैत । मोरङको टङ्कीसिनुवारी–६मा आज बिहान दुई यात्रुवाहक एकापसमा जुध्दा गम्भीर घाइते भएकामध्ये थप दुईको मृत्यु हुँदा मृतकको सङ्ख्या चार पुगेको छ ।

मृत्यु हुनेमा भारतको सुपौंल जिल्लाको भीमनगर बस्ने ६१ वर्षीया सुमित्रादेवी सिंह, सप्तरीको छिनमस्ता–८ बस्ने ५२ बर्षीय अरुणकुमार झा र सुनसरीको लोकही बस्ने ५० वर्षीय दिल सहनी छन् भने एक जनाको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो ।

उक्त घटनामा ३६ यात्रु घाइते भएकामा उनीहरुको विराटनगरस्थित नोेल अस्पताल, विराट अस्पताल र न्युरो अस्पतालमा उपचार भइरहेको छ ।