३ कार्तिक २०८३, मंगलबार

अवैध हतियारसहित पोखराको लेकसाइडबाट पाँचजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol-goli-prahar4पोखरा, १८ चैत । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिगएको प्रहरी टोलीले पोखराको लेकसाइडबाट अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विवस पौडेल, अनिल परियार, हीरासिंह गुरुङ, बलबहादुर विक र तेन्जिङचुण्डु लामा छन् ।

सो ठाउँमा रहेको होटल लोन्लीका सञ्चालकसमेत रहेका पौडेलले आफू सुत्ने कोठामा लुकाइ राखेको अवस्थामा एयर गन मोडलको एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान गरिएको छ । रासस