२९ आश्विन २०८३, बिहिबार

दिपक र दिपाले असोज १ मा ‘वडा नम्वर ६’बाट विहे गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepakraj-married-Dipa-Shreeकाठमाडौं । चर्चित हास्य जोडी (कमेडियन) दिपकराज गिरी र दिपाश्री निरौलालले आगामी नयाँ वर्षको असोज १ धमाका मच्चाउने भएका छन् ।

चलचित्र ‘वडा नम्वर ६’बाट यो जोडीले धमाका मच्चाउने भएको हो । असोज १ गतेबाट चलचित्र ‘वडा नम्वर ६’ प्रदर्शनमा आउँदैछ । दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माको संयुक्त निर्माणमा बनेको चलचित्रले असोज १ मा धमाका मच्चाउने भएको हो ।

जसमा दिपक र दिपाले विवाह गरेको श्रीमान श्रीमतीको भुमिकामा देख्न सक्नुहुनेछ ।

यसअघि छ एकान छ बाट सफल डेब्यु गरेका निर्माता दिपकले यो चलचित्र पनि सफल बन्ने धारणा राखे । उज्जव घिमिरेले निर्देशन गरेको चलचित्र ‘वडा नं ६’ को पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ । छायाकंन भने सकिएको छ ।

सामाजिक घटनाक्रमसँग जोडिएको चलचित्र ‘वडा नं ६’मा दिपकराज गिरी, प्रियंका कार्की, सिताराम कट्टेल ‘धुर्मुस’, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, अरुणा कार्की, बुद्वि तामाङ्ग लगायतको अभिनय रहेको छ ।

‘६ एकान ६’ को सफल प्रदर्शन पश्चात् ‘वडा नं ६’ निर्माण गरेका दिपक, दिपा र निर्मल पछिल्लो फिल्मबाट भने प्रदर्शन अगावै लगानी सुरक्षित गर्ने तयारीमा लागेका छन् ।