२९ आश्विन २०८३, बिहिबार

भारतमा रेलबाट खसेर शिवबालक गिरी घाइते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतमा गुडिरहेको रेलबाट खसेर एक नेपाली सख्त घाइते भएका छन् ।

कपिलवस्तु निवासी शिवबालक गिरी मध्यप्रदेशको बिना स्टेशन नजिक रेलबाट खसेर घाइते भएका हुन् ।

गिरीको बिनास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक वीरेन्द्रसिंह ठाकुरले जनाएका छन् । गिरी नेपाल जानका लागि मुम्बईबाट रेल चढेका थिए ।

आइतबार रातिको यो घटना दार्जिलिङको अनलाइन पोर्टल द दार्जीलिङ क्रोनिकलले ट्विट गरेपछि मात्र बाहिर आएको हो । अनलाइनले गिरीको परिवार र कपिलवस्तु प्रशासनलाई खबर गरिदिन आग्रह गरेको थियो ।