३ कार्तिक २०८३, मंगलबार

काठमाडौँको धुम्बाराहीमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jyotsna-tamang

काठमाडौँ, १८ चैत । काठमाडौँको धुम्बाराहीमा एक युवतीको शव अर्धनग्न अवस्थामा भेटिएको छ ।

भारतको दार्जिलिङ घर भई काठमाडौंमा फेन्सी पसल चलाउदै आएकी ज्योत्सना तामाङको शव अर्धनग्न अवस्थामा बुधबार बिहान उनको कोठा नजिकै भेटिएको हो ।

३८ वर्षिय तामाङको टाउकोमा गम्भीर चोट छ । प्रहरीका अनुसार, उनको कोठामा मंगलबार बेलुकी अरु साथीहरु पनि आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पश्चिम बंगालबाट उनले स्नातक गरेकी ज्योत्सना धुम्बाराहीमा दुई वटा कोठा लिएर साथीसँग बस्दै आएकी थिइन् । उनको साथीले भने आफू अर्को कोठामा सुतेकाले घटनाबारे बुधबार बिहानमात्रै थाहा पाएको प्रहरीलाई बयान दिएकी छिन् ।

प्रहरीले उनका साथीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।