३ कार्तिक २०८३, मंगलबार

व्रतबन्धको प्रसाद खाँदा सय भन्दा बढी बिरामी परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १८ चैत । व्रतबन्धको प्रसाद खाएर महोत्तरीको बर्दिवासमा १०० भन्दा बढी व्यक्ति बिरामी भएपछि स्थानीय प्रशासनले खाद्यवस्तुको नमुना परीक्षणका लागि सङ्कलन गरेको छ ।

गत आइतबार राति सो व्रतबन्धको प्रसाद खाँदा १५० व्यक्ति बिरामी भएपछि इलाका प्रशासन कार्यालय बर्दिवासले घटनाको सत्यतथ्य पत्ता लगाउन खाद्यवस्तुको नमुना सङ्कलन गरेको हो ।

एकीकृत सेवा केन्द्र बर्दिवासका प्रमुख परशुराम ठाकुर र इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रमेश पण्डितलगायतको टोलीले मङ्गलबार साँझ उपचार गराइरहेका बिरामीको अवस्था बुझ्न बर्दिवासका विभिन्न अस्पताल पुगेका थिए । सो टोलीले अस्पताल निरीक्षण गरेर प्रसाद बनाउन प्रयोग गरिएको पिठो, हाइड्रो बेसन, तेललगायतका सामग्री सङ्कलन गरी परीक्षणका लागि गुणस्तर तथा नापतौल कार्यालयमा पठाएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।

बर्दिवास नगरपालिका–१ बरगाछी टोलका अच्युत्तम पोखरेलले गएको आइतबार आफ्नो छोराको व्रतबन्ध गर्दा गाउँलेलाई पूजाको प्रसाद खान आउनका लागि निम्तो दिएका थिए । रासस