६ कार्तिक २०८३, शुक्रबार

सर्वोच्चको फैसला पुनरवलोकनमा जान माओवादी केन्द्रलाई कानुन व्यवसायीको सुझाव

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनमा जान नेकपा माओवादी केन्द्रलाई कानुन व्यवसायीले सुझाव दिएका छन् ।

सिंहदरबारमा आज मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी सदस्य र कानुन व्यवसायीको छलफलमा नेकपा नाम विवादबारे सर्वोच्चले गरेको फैसला पुनरवलोकनमा जाने विषयमा भएको छलफलमा यस्तो सुझाव दिएका हुन् ।

कानुन व्यवसायीले दिएको सुझाव माओवादी केन्द्रले सकारात्मक रूपमा लिएको बताइएको छ । यस सम्बन्धमा माओवादी केन्द्रले आज सिंहदरबारमा कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

छलफलका क्रममा सर्वोच्चले नेकपा फुटाएको सन्दर्भमा पुनरवलोकनमा जान सकिन्छ कि सकिँदैन भन्ने विषयमा माओवादी नेताले कानुन व्यवसायीसँग सल्लाह मागेपछि कानुन व्यवसायीहरूले उक्त सुझाव दिएका हुन् ।