
धनगढी, १० चैत । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ ।
मंगलबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो । उनको मृत्युपछि स्थानीयले टायर बालेर प्रर्दशन गरिरहेका छन् ।
उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर जलाएका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुङगा प्रहार गरेका छन् । मृतकको शव पनि ईलाका प्रहरी कार्यालय अगाडि राखेर स्थानीयले प्रदर्शन गरेका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
ठक्कर दिने बस र बर्दोगोरिया गाउँपालिका–१ का चालक ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया