
– विश्वास खड्काथोकी / मुस्ताङ
मान्छे कहिल्यै पनि पछडि फर्कन चाहँदैन । सधै अगाडि बढ्न खोजिरहेको हुन्छ । तर कतिपय कुराहरु यस्ता हुन्छन्, जुन कुरा तर्फ फर्कँदा आनन्द र रोमाञ्चक लाग्ने गर्छ । मुस्ताङमा पनि यस्ता धेरै पक्ष छन्, जसलाई स्मरण गर्दा मनै रोमाञ्चक भएर आउँछ ।
मुस्ताङमा पहिले विमान आयो अनि गाडी । गाडी पनि गुडेर होइन उँडेर । गाडीलाई पोखराबाट उडाएर ल्याइयो अनि मुस्ताङ गुडाउन थालियो । तर मुस्ताङमा गाडी गुड्नको लागि मोटरबाटो खन्नु परेन कालिगण्डकी नदीको बगर नै काफी बन्यो ।















प्रतिक्रिया