
-सुदर्शन जोशी ‘तेजस्वी’
“सचेत क्रान्ति एक सोच हो । जसले कला, संस्कृति, ज्ञान, विज्ञानलाई स्वधर्म, सत्पथ र सत्यसँग रहेर शरीर, मन र चेतना (पञ्चतत्व) को माध्यमवाद हेर्दछ, सुन्दछ, महसुस गर्दछ । प्रेम, शान्ति, खुशी, प्रेरणा र करुणाको लागि चेत, चिन्तन र चैतन्यको सदुपयोग गर्दछ । मानव सभ्यतालाई स्वास्थ्य, सुन्दर र सुगन्धित बनाईराख्न चाहिने समता, ममता र अहिंसा प्रेमीहरुको सम्पुर्ण सम्भावनाका ढोकाहरु खोल्ने चावी बन्दछ ।” -तेजस्वी
यात्राले सजगता सहितको रुपान्तरणको माग गरिराखेको छ । प्रत्येक पललाई होसमा राखेर प्रत्यक पाईला चाल्दाको अनुभवलाई अनुभूति गर्दा महसुस हुन्छ । प्रत्येक व्यक्ति सुख, शान्ति र समृद्धि चाहन्छ, त्यो पनि भित्रैदेखि महसुस हुने गरी ।
तर फेरि किन चाहेको सोच अनुसारको प्राप्ति भईराखेको छैन भनेर प्रश्न पनि उठ्छ । सबै समस्यालाई बुझ्ने प्रयत्न शुरु गर्दै दिगो उपायको खोजि गर्ने जमर्काेको जरुरी छ ।
यो विषय गम्भीर छ, त्यसैले सचेत क्रान्तिले जनजनलाई दिशानिर्देश गर्नको लागि जागौं, अब यो समाजलाई, युगलाई नै पुनर्निर्माण, पुनर्जागरण गरौ भनेर भनिरहेको छ ।
नयाँ युगको शुरुवातको लागि रुपान्तरणको आवस्यकता छ भन्ने विभिन्न जीवनरुपी व्यवहारिक अध्ययन, अनुसन्धानले पुष्टि गर्दछ । त्यहि रुपान्तरणको यात्रा भनौ एवं पुनर्जागरण भनौ वा सचेत जीवनशैली भनौ जे भने पनि त्यो भनेको नै सचेत क्रान्ति हो ।
यसको पुर्ण रुप ‘पल पल पाईला पाईलामा सचेत क्रान्ति तेज’ हो भने यसको आधार चै शाकाहार (शुद्ध आहार, व्यवहार र विचार), प्रकृतिप्रेम (न्युनतमवाद), मानवता (करुणा, योग, ध्यान, साधना, सेवा, प्रेम) र सामाजिक न्याय पर्दछन् । एउटा युक्ति छ, ‘खोज्यो स्वर्ग गर्याे पाप जान्दैन कर्मको गति, रिाको रुख रोपेर कहाँ फल्छ कागति ।’
अहिले हाम्रो जिवनको यात्रा चाहे त्यो धार्मिक, राजनितिक, सस्कृतिक, सामाजिक, आर्थिक वा अन्य नै किन नहोस् । सबै यात्राहरु वेहोसमय छन्, वेसमय यात्राभित्र कतिपय राम्रा चिजविजहरु पनि छन् । अब हामीले राम्रालाई लिने, नराम्रालाई छोडि होसमय बनाउनुछ । स्वभावतः मान्छे सचेत आनन्द चाहन्छ ।
तर ईन्द्रिय रुपि चाहनाले मन, वुद्धि, विवेक सबैलाई भ्रममा पारिदिन्छ र अबचेतन मनमा त्यस्तै चित्र निर्माण गरि गलत बाटो हिडाई दिन्छ । त्यसैले अब, अहिलेबाट नै ‘जब हामी विउझन्छौ’ त्यति वेला देखिनै हाम्रो सोचलाई पुनर्निर्माण गर्न जरुरि छ ।
जब चेतनशिल मानव पुर्ण सचेत हुने प्रयत्न गर्दछ वा सचेतनालाई रोप्दछ भने सचेतना नै फल्दछ । त्यसैले अब हाम्रो यात्रा सचेतनालाई रोप्ने, मलजल गर्ने, गोडमेल गर्ने र सचेतना नै फलाउने हुनु पर्दछ । जसले पदार्थरुपि पञ्चतत्वलाई समेत सचेत बनाओस, रुपान्तरण गरोस् ।
किनकि चाहे त्यो प्राणी, बनस्पति र पृथ्वी (पदार्थ) हुँदै व्रह्माण्ड जे देखेका वा विश्वास गरेका चिजविज छन्, ती सबैको जन्म, जीवन र मृत्यु नै पञ्चतत्वको रुपान्तरण हो । सचेत क्रान्तिले म नै रुपान्तरण हुँदै धेरै म हरु बनाउदै जाने विषयमा केन्द्रित गर्दछ ।
त्यस्तैगरी प्रत्येक शुरुवात शुन्यवाट हुँदै व्रह्माणसम्म पुग्दछ भन्ने मान्दछ । यो पलपल पाईला पाईलाको यात्रा हो, जागरण हो, रुपान्तरण हो । सुख, शान्ति, समृद्धिको लागि ।
क्रान्ति भनेको विकास क्रम हो, जुन आफैवाट शुरु गर्नु पर्दछ । त्यसको तेजले, प्रकाशले आन्तरिक र वाह्य जताततै ज्योति दिन्छ र उज्यालो वनाउदछ । जहाँ खुसि र प्रेरणा बाचिराखेको हुन्छ ।
सचेतः– जागरण, होसको यात्रा, प्रखर, बोध क्रान्तिः– संघर्ष, क्रियाशिलता, विकासक्रम, रिभोल्युसन, उन्नत यात्रा, रुपान्तरित हुने प्रयत्न, म रुपान्तरित हुँदै समाजलाई रुपान्तरण गर्ने क्रान्ति ।
तेजः– यो ब्रह्माण्ड नै आन्तरिक होस वा वाह्य दिपमा चलेको छ । यो एक विश्वास, सोच, असलता हो । जीवन चल्ने शक्ति नै तेज हो (Light) । यसकै आधारमा हामी भित्री आँखा र बाहिरी आँखाले देख्दछौ । सृष्टि नै तेजबाट चलिराखेको छ ।
रुपान्तरणः– अबगुणहरुलाई छोडेर राम्रा गुणहरु व्यवहारिक जीवनमा ल्याउने प्रयत्न, जीवनको सदुपयोग पुर्ण यात्रा, सचेत पुर्ण यात्राको लागि तयारी नै रुपान्तरण हो ।
यात्राः– जन्म, जीवन र मृत्युको क्रममा सचेत रहि चल्ने क्रम ।
मः– मैले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने ।
हो नि हामी सधै अरुलाई यसो गरेन, उसो गरेन भनेर दोष लगाई रहन्छौ तर आफुले के गरिराखेका छौ हेर्दैनौ, महसुस गर्दैनौ । अब गर्नु पर्दछ । हुन त सचेत क्रान्ति पनि एक सोच हो । एक दिनमा नै १ व्यक्तिले ७०/८० हजार जति सोच्ने गर्दछ ।
ती आएका सोचहरु ठीक छन् वा गलत भनेर हामीले साध्नु पर्ने हुन्छ । त्यो साध्ने भनेको साधनाबाट हो । सचेत ध्यान, सचेत योग, सचेत प्राणायाम र सचेत जीवन शैली, जहाँ खानपिन, साथि सङ्गत देखि हेर्ने, वोल्ने, सुन्ने, महसुस गर्ने सबै विषय पर्दछन् ।
म सडक वेवारिसे मनोरोगी मानवको सेवा गर्ने क्रममा, विश्व शान्तिको लागि सकारात्मक उर्जा जागरण गर्ने क्रममा, पशुपंक्षीको वली होईन, काम, क्रोध, लोभ, मोहको वली दिऊ भन्ने अहिंशाप्रेमी, शाकाहारी अभियानको क्रममा, सामाजिकन्यायलाई स्थापित गरौ भन्ने क्रममा, विरोध गालि एवं कुरा नकाटी आफू भित्रको क्षमता प्रस्फुटन गरौ भन्ने क्रममा, ध्यान योग आरोग्य साधनाको क्रममा रहिरहदा निरन्तर आईराखेको सोच हो ।
हामी जिव्रोको स्वादको लागि बाँचि राखेका छौ, अब हामी पुरै शरीरको आनन्दको लागि, स्वास्थ्यको लागि बाच्नु पर्दछ । त्यसैले हामी पल पल पाईला पाईलामा सचेत हुनुपर्ने छ । यो कुनै नया सोच होईन, यसको प्रस्तुति गर्ने तरिका नयाँ हुन सक्छ ।
धेरै अगाडिदेखि अध्यात्मवाद, भौतिकवाद वा अन्य कुनै वाद, सिद्धान्त मान्ने वा नमान्ने सबैले भनिराखेकै विषय हो । तर अहिले सचेत क्रान्तिको शैलीबाट राजनीतिक, सामाजिक, आर्थिक वा अन्य रुपान्तरणको यात्रा गर्नु पर्दछ भनेर सचेत क्रान्तिमार्फत भनिराखेको छु ।
जहाँ सचेतले चेतनाको प्रतिनिधित्व गर्दछ भने क्रान्तिले पदार्थको प्रतिनिधित्व गर्दछ । यसको प्रमुख सम्बन्ध नेतृत्वसँग छ । किनकि रक्षक नै भक्षक भएर रुपान्तरण हुँदैन ।
सचेत रक्षक भएर असलताका गुणहरु व्यवहारिक जीवनमा अबलम्वन गरेर मात्र वास्तविक, बस्तुगत सचेत रुपान्तरण गर्न सकिन्छ भन्ने विश्वास सचेत क्रान्तिले राख्दछ । सर्वाेत्कृष्टता, असलता, मानवियता, सृजनशीलता, सकारात्मकता, आत्मनिर्भरतामा रहि राजनीतिक रुपान्तरण गर्नु छ ।
किनकि अहिले यो संसारिक जीवन व्यक्ति, समाज, राष्ट, अन्तराष्टिूय रुपलाई अङ्गालेर चलिराखेको छ । रुपान्तरणको यात्रा रुखको जरामा नै मल जल हालेर सुरु गर्नु पर्दछ । अनि बल्ल त्यसले असलता सहितको सफलता प्राप्त गर्दछ भन्ने सचेत क्रान्तिले भन्दछ ।
सचेत क्रान्ति एक सोच हो । जसले कला, संस्कृति, ज्ञान, विज्ञानलाई स्वधर्म, सत्पथ र सत्यसँग रहेर शरीर, मन र चेतनाको माध्यमवाद हेर्दछ, सुन्दछ, महसुस गर्दछ । प्रेम, शान्ति, खुशी, प्रेरणा र करुणाको लागि चेत, चिन्तन र चैतन्यको सदुपयोग गर्दछ ।
मानव सभ्यतालाई स्वास्थ्य, सुन्दर र सुगन्धित बनाईराख्न चाहिने समता, ममता र अहिंसा प्रेमीहरुको सम्पुर्ण सम्भावनाका ढोकाहरु खोल्ने चावी बन्दछ । प्राणी, बनस्पति र पदार्थले ईतिहासदेखि बर्तमानसम्म एव भविष्यको सम्भावना खोज्ने एक मात्र मैत्री र विराट खोज गर्दछ ।
सचेत क्रान्तिले मानिस, जीवजन्तु, चराचुरुङ्गी, वनस्पति, पञ्चतत्व आकाशगंगाको अन्तर सम्बन्धबाट सर्वाेत्कृष्ट सत्ताको सर्वाेदय र सर्बमंगल मार्गको कल्पना गर्दछ । यो दर्शन, वाद मान्नेहरु र नमान्नेहरुलाई पनि सचेतना जगाउने क्रान्ति हो । जसरी यी शब्दहरु समय सान्दर्भिक, बस्तुनिष्ठ छन् ।
यनीहरुलाई महत्वको दृष्टिकोणबाट हेरौं र व्यवहारिक जीवनमानै अबलम्बन हुने गरी अब हामी सबै मिलि आफू स्वयं र विश्व व्रह्माण्डमा रहेका सम्पुर्ण जीव, पञ्चतत्वको साझा हितको सर्वाेपरि सत्यमतलाई विजयी गराउन अघि बढाैँ, जागौं ।
अबको युग भनेको धर्म, सम्प्रदाय, रुप, रङ, जात, पात, लिङ्ग, वर्ग, क्षेत्र आदि सम्पुर्ण वन्धनबाट, विभेदवाट मुक्त भै संबुद्ध सचेत जीवनशैलीमा उत्सवमय जीवन जिउने सत्ता हुनुपर्दछ । यो सम्भव छ । सम्भावना भनेको हजुर हाम्रो सचेतनामा भर पर्दछ ।
किनकि जहाँ समस्या हुन्छ, त्यहाँ समाधानका सम्भावना हुने गर्दछ । जस्तै हामीलाई तिर्खा लागेपछि पानीको महत्व वुझि हालिन्छ । पानीमा डुव्दा स्वासको महत्व थाहा हुन्छ । यी सबै समस्या सँगसँगैका उपायहरु हुन् । यानेकि सम्भावनाहरु हुन् ।
सांगठनिक लक्ष्यः– बसुधैव कुटुम्वकम सहितको राष्टियता, मानवीयताको कुनै सिमा हुँदैन सहितको स्वाधिनता, स्वाभिमान, मौलिकता सहितको आत्मनिर्भरता, नैतिकता सहितको बैधानिकता, आधुनिकता सहितको चरित्रवान ‘म’ बन्ने । धेरै ‘म’हरुबाट परिवार, समाज, राष्ट बनाउने भनेको प्रत्येक ‘म’हरुलाई स्वच्छ, स्वस्थ, नैतिकवान, चरित्रवान बनाउने हो भन्ने वुझ्नु पर्दछ ।
भनिन्छ, व्यक्ति स्वच्छ र स्वस्थ भए परिवार हुँदै समग्र विश्व नै स्वच्छ र स्वस्थ बन्दछ । त्यसैले ‘म’भित्रको मानवत्वलाई सचेत बनाउने, जागृत गर्ने, विराटातर्फ, सवलतातर्फ, असिमिततातर्फ मार्ग निर्देशित गर्ने हो भनेको नै सचेत क्रान्ति हो ।
नयाँ युगको नामाकरण स्वर्ग, रामराज्य, सत्ययुग, साम्यवाद, मानवीयताको युग, सचेत युग जे पनि राख्न सक्दछौ । प्रकृतिको नियम नै हो, जोसँग जे छ त्यही बाँड्दछ ।
पञ्चतत्व रुपि अवयवहरुको अन्तरसंरचना र अन्तर्निहित स्रोत शक्तिहरु संग अन्तरवोध गर्दै बैज्ञानिक अभ्यासबाट सर्वाेत्कृष्ट परिणाम निकाल्ने प्रयत्नरत यात्राको उद्देश्य हो, सचेत क्रान्तिको ।
सचेत क्रान्तिका आधारहरुः–
१) शाकाहारः– म जिव्रोको लागि होईन पुरै शरीरको लागि बाँच्दछु । कम दोष पर्ने खानेकुरा खाएर बाँच्दछु । अबोध पशुपंक्षीको वलि दिन्न । अहिंसा प्रेमि बन्न चाहन्छु । आहार मात्र नभई व्यवहार र विचारमा पनि शुद्धता लेराउने प्रयत्न गर्दछु ।
२) प्रकृति प्रेमः– म स्वच्छ वातावरण कायम राख्दै पृथ्वी सबैको साझा हो भन्दै न्यूनतमवाद, प्रत्याहारका सिद्धान्तलाई व्यवहारमा आत्मसाथ गर्दछु । नयाँ आउने पिडिका लागि यो ब्रह्माण्ड बचाउदै आफू बाँच्ने छु । प्रकृतिमा रहेका खोला नाला, हिमाल, बनजंगल, किटपतङ्ग, जनावर सबैलाई बचाउने प्रेम, करुणा ।
३) मानवताः– सहयोगापेक्षीहरुको सहयोगमा जीवन विताउने छु । म मानवीयताका गुणहरुको विकासका लागि रुपान्तरित हुँदै अरुलाई पनि रुपान्तरण गर्ने प्रयत्न गर्नेछु ।
४) सामाजिक न्यायः– सामाजिक न्याय सहितको नैतिकवल भएको न्याय प्रणालीमा विश्वास र समाज नै न्यायको जिम्वेवारी लिन सक्ने कर्तव्यनिष्ठ बनाउन प्रयत्न गर्नेछु ।
५) अन्य:– सचेत योग, सचेत ध्यान, सचेत प्राणायम, सचेत न्याय, सचेत साधना, सचेत खानपिन, सचेत आचरण, सचेत व्यवसाय जस्ता विधिहरुको व्यवहारिक जीवनमा प्रयोग गर्नेछु । ‘म’भित्र भएको क्षमतालाई विकास गरि असलताका सिद्धान्तमा रहि जिम्वेवार बन्ने छु । ‘म’ सकारात्मक, सृजनशिल र आत्मनिर्भर रहने छु ।
अन्तमा भन्नुपर्दा यस सोचसँग सम्बन्धित रहि अबको नयाँ सचेत युग वा सत्ता स्थापनाको लागि सकारात्मक आलोचना सहितको सुझाव, सल्लाह दिई साथ, सहयोग र समर्थन गरिदिनहुन अनुरोध गर्दछ ।
नयाँ युगको नामाकरण स्वर्ग, रामराज्य, सत्ययुग, साम्यवाद, मानवीयताको युग, सचेत युग जे पनि राख्न सक्दछौ । प्रकृतिको नियम नै हो, जोसँग जे छ त्यही बाँड्दछ ।
त्यसैले ‘म’सँग ‘पल पल पाईलामा सचेत क्रान्ति तेज’ एक सोच छ । त्यही बाँडे । हजुरहरुले यसलाई कसरी लिनुहुन्छ हजुरहरुकै विचार भन्ने गरिन्छ नि हामीले गाउँ घरमा, है त हजुरहरु सबैमा नमन । (खुशी बाँडे, खुशी पाईन्छ, उत्प्रेरणा जगाउने प्रयत्न गर्दा आफू नै प्रेरित भईन्छः सचेत क्रान्ति) ।
लेखक सचेत क्रान्तिका सोचकर्ता सचेत सामाजिक अभियन्ता हुन् ।













प्रतिक्रिया