
लण्डन, ८ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट साउदी अरेवियामा थप एक जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जारी गरेको साप्ताहिक तथ्यांक अनुसार यो साताभर विदेशमा एक जना नेपालीको ज्यान गएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३४२ जना नेपालीको निधन भइसकेको संघले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।
हालसम्म ५३ देशमा ६३ हजार ६२९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ७७३ जना कोरोना संक्रमणमुक्त भएका छन । विदेशमा संक्रमणमुक्त हुने दर ९६.८ प्रतिशत हो ।















प्रतिक्रिया