२९ आश्विन २०८३, बिहिबार

कहिलेसम्म सहने अत्याचार ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bindu-Thapaदेशको सुरक्षाका लागि खटिएको प्रहरीबाटै नारीको बलात्कार हुन्छ, राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीबाटै एक नारीमाथि जबर्जस्ती गरिन्छ । कल्पना नै गर्न नसकिने हिंसाबाट नेपाली महिलाहरु प्रताडित भएका छन् । यस्ले सिंगो नेपाली नारीहरुमा आक्रोश ल्याइदिएको छ ।

घटनाक्रमले भन्छ, हिंसाको श्रृंखला नियन्त्रण हुनुको साटो दिनानुदिन बढ्दो क्रममा छ । घरेलु हिंसामा परेर कतिले ज्यान गुमाएका छन् भने कतिले मानसिक सन्तुलन गुमाएका छन् । यौन दुव्र्यवहार, कुटपिट, हत्या जस्ता ज्यादती सहन बाध्य छन् । यस्ता घटनाले सभ्य र सुन्दर समाजको निर्माण गर्न बाधक बनेको अवस्था छ । किनकी यस्ता घटनाहरु समाजकै कलंक हुन् । जस्ले समाजलाई फोहोर बनाउने गर्दछ । र, दुख दिने गर्दछ ।

नेपालमा महिलामाथि भएका जंगली व्यवहारले समाजमात्र होइन, सिंगो देशको छविमा समेत गम्भीर आघात पुगेको छ । त्यतिमात्र होइन, आर्थिक एवं सामाजिक हिसावले विश्वमै नकारात्मक असर पुर्याएको छ । महिलामाथि हुने हत्या हिंसा दुव्र्यवहार जस्ता घटनाले गर्दा सभ्य र प्रतिष्ठित मान्छेमा समेत दाग लागिरहेको छ । हुनत यस्ता घटना घटाउनुमा सभ्य र प्रतिष्ठित व्यक्तिहरु पनि अछुतो छैनन् । हुन त कानुन र नियम पनि बलिया र ठूलाबडाको लागि कहाँ लागू हुने गर्दछ र ? पैसा नहुनेहरु विभिन्न बाहानामा मारिएका छन् र विभिन्न समस्या र चुनौतिहरुको सामना गरिरहेका छन् ।

धनगढी नगरपालिका १२ जुगेडाकी जुनु रिजालले कारागारमै आत्महत्या गर्नु यसैको एउटा उदाहरण हो । उनले धरौटी रकम बुझाउन नसक्दा आत्महत्या गरेको बताइन्छ । यहाँ बलात्कार गरेर मान्छेहरु ढुक्क हिँड्डुल गरेका छन् । मान्छे मारेर पनि केही गर्न सकेका छैनन् तर महिला भएकै कारण यसरी ज्यान गुमाइरहेका छन् । केही दाईजो नल्याएको भन्दै हिंसा सहन नसकेर ज्यान गुमाएका छन् भने केही चोरीको आरोपमा त केही बोक्सीको आरोपमा । यसरी दिनप्रतिदिन महिलाहरुको मान सम्मान र इज्जतमा आघात पुगिरहेको छ । यस्ता घटनाले हरेक व्यक्तिलाई दाग लगाउने गर्दछ ।

त्यसैले त्यस्ता घटनाहरुको नियन्त्रण गर्न सबै तह, राजनीति दल मानबअधिकारकर्मी, हरेक संघसस्थाले उत्तिकै क्रियाशिलता देखाउनुपर्ने हुन्छ । जागरणको जोस ल्याएर त्यस्ता घटानाहरु न्यूनिकरण गराउनतर्फ लाग्नुपर्छ । नारी र पुरुषलाई एउटै रथका दुई पाङग्राका रुपमा लिइने भएकोले नारीलाई कुनैपनि दिशा र क्षेत्रबाट अबहेलना गर्नुहुँदैन । नारी सिर्जनाका मुहान र समाजका आधारपनि हुन् । त्यसैले यस्ता घटना हुँदासम्म समाजमा संकट पैदा हुन्छ । समाज सिर्जनाको साटो ध्वस्त हुँदै जान्छ । यस्ता समस्यालाई बेलैमा नियन्त्रण नगरिए आगामी दिनमा अझै भयानक अवस्था सिर्जना भई विकासका हरेक गतिलाई अवरोध गर्दछ । त्यसैले सम्बन्धित निकायले उचित कदम चाल्नु अत्यन्त आवश्यक छ ।