२९ आश्विन २०८३, बिहिबार

सोनाक्षी भन्छिन्-‘सेक्स गर्दैमा महिला सशक्तिकरण हुँदैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sonakchiमुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सेक्स गर्दैमा महिला सशक्तिकरण नहुने बताएकी छिन् ।

अभिनेत्री दीपिका पादुकोणद्धारा अभिनित चलचित्र ‘माई च्वाईस’का बारेमा बोल्दै बलिउड दबंग गर्लका नामले फेमश सोनाक्षीले स्वतन्त्रता र छोटो लुगा लगाएर सेक्सी हुँदैमा कुनै पनि महिलामा सशक्तिकरण नहुने स्पष्ट पारेकी छिन् ।

दीपिकाको सर्ट चलचित्र माई च्वाइसमा महिलालाई स्वतन्त्र र छोटो पहिरन लगाउन दिएमा सशक्तिकरण हुने सन्देश देखाइएको छ । तर यो सन्देश सकारात्मक भएपनि यसले महिलाको सशक्तिकरण हुन नसक्ने सोनाक्षीको बुझाई छ ।

सोनाक्षीले भनेकी छिन्-‘मैले यो चलचित्र हेरेको छैन्, तर यसको पछाडीको भावना महिला सशक्तिकरण हो यत्ती मलाई थाहा छ । यो एउटा राम्रो प्रयास हो, तर मेरो विचारमा हामी जहाँ यो समयमा उभिएका छौं, त्यहासम्म पिछडिएका महिलालाई ल्याउन धेरै टाढाको कुरा हो ।

सशक्तिकरण मात्र छोटा कपडा लगाउने स्वतंत्रता र सेक्सका लागि आफ्नो इच्छा मात्रै होइन् । ताकी उनीहरुलाई रोजगार र आत्मनिर्भर बनाए मात्रै सशक्तिकरण हुनेछ ।’ एजेन्सी