१३ कार्तिक २०८३, शुक्रबार

नेपाल-खनाल समूहले शनिबारको बैठकमा सहभागी नहुने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागीता नहुने भएका छन् ।

सो पक्षले शुक्रबार बानेश्वरमा बसेको बैठकले भोलिको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

सो पक्षले प्रधानमन्त्रीको सरकारी निवासमा बैठक आयोजना भएको भन्दै सहभागी नहुने जनाएका हुन् ।

नेपाल पक्षले सही विचार र एजेण्डा भएमा बैठकमा सहभागीताका बारेमा विचार गर्न सकिने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार हुने केन्द्रीय कमिटीको बैठकमा सहभागीताका लागि नेपाल पक्षलाई सार्वजनिक रुपमा पनि आह्वान गरेका थिए ।

यद्यपि सो पक्षले फागुन २८ गतेको निर्णय फिर्ता नलिएसम्म बैठकमा सहभागी हुने बताउँदै आएको छ ।