५ कार्तिक २०८३, बिहिबार

महान्यायाधिवक्ता अग्नी खरेलले दिए राजीनामा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । महान्यायाधिवक्ता अग्नी खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

खरेलको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगेको छ । संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट रहँदै आएको समाचार यसअघि सार्वजनिक हुँदै आएको थियो ।

यसअघि संसद् विघटनबारे सर्वोच्च अदालतको फैसलापछि पनि उनले राजीनामा दिने चर्चा चलेको थियो ।

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।