५ कार्तिक २०८३, बिहिबार

नर्भिक पुगे उपप्रधानमन्त्री पोखरेल, नवीन्द्रराजको उपचारमा सरकारले १० लाख रुपैयाँ दिने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको हो । जोशीलाई भेट्न शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएका हुन् ।

गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो । उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको छ ।