५ कार्तिक २०८३, बिहिबार

शुक्रबार तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।