सुनसरी, १८ चैत । कोसी राजमार्गको विराटनगर इटहरी सडक खण्ड अन्तर्गत मोरङको निमुवामा बुधबार विहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने ३३ जना भन्दा बढी घाइते भएका छन् ।
विराटनगर वाट खादबारी हिडेको को १ ख ३८०५ नम्बरको बस र उदयपुरको वेलटारवाट विराटनगर तर्फ जादै गरेको को १ ख ४१९० नम्बरको बस एक आपसमा ठोक्किँदा दुईजना यात्रुको घटना स्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
बिहान साढे नौं बजे तीब्र गतिमा रहका बस जुध्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुबै बस सवार ३३ जना घाइते भएको प्रहरीले जानकारी दिएको हो ।
घाइते ३१ जनाको विराटनगरको चारवटा अस्पतालमा र अन्य २ जना लाई दुहवी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले बस दुर्घटनामा मृत्यु भएका दुबै जनाको पहिचान नभएको बताएका छन् ।
घाइतेहरुको विराटनगरको नोवेल, गोल्डेन, विराट र न्यूरो अस्पतालमा उपचार भइरहेको छ । बेल्टारबाट आएको गाडी तीव्र गतिमा भएको कारण दुर्घटना भएको डिएसपी ढकालले जानकारी दिए ।
















प्रतिक्रिया