२९ आश्विन २०८३, बिहिबार

कुवेतमा नेपाली महिलाको मृत्यु, तीन छोराछोरीको विचल्ली

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुवेत । कुवेतबाट स्वदेश फर्कनका लागि डिपोर्टेसन सेन्टरमा गएकी ताप्लेजुङ, साँघुकी ४४ वर्षीया देवीमाया लिम्बूको मृत्यु भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार स्थानीय फरबानिया अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको हो ।

उनी पहिलादेखि नै बिरामी रहेकी थिइन । डिपोर्टेसन सेन्टरभित्र रहँदा बिरामी देखिएपछि अस्पताल भर्ना गरिएको नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले बताएका छन । उपचार क्रममा मार्च ७ तारिखमा उनको मृत्यु भएको थियो ।

लिम्बू गत जनवरी ३१ मा दूतावासबाट ट्राभल डकुमेन्ट बनाई डिपोर्टेसन सेन्टरमा गएकी थिइन् ।

साढे दुई वर्षअघि घरेलु कामदारका लागि कुवेत पुगेकी उनी पछिल्लो समय गैरकानूनी हैसियतमा बस्न बाध्य थिइन् ।

कुवेत पुगेपछि उनका श्रीमानको मृत्यु भएको थियो । उनका दुई छोरा र एक छोरी रहेको भाइ देव लिम्बूले बताएका छन ।