५ कार्तिक २०८३, बिहिबार

एमाले संसदीय दलद्वारा झलनाथ र माधवसहित २७ सदस्यीय संसदीय बोर्ड गठन

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार बसेको नेकपा एमाले संसदीय दलको बैठकले झलनाथ खनाल र माधव नेपालसहित २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । सोही बोर्ड नेताद्वय खनाल र नेपाल पनि मनोनित भएका हुन् ।

बोर्डको प्रमुखमा दलका नेता केपी ओली तथा सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल र दलका उपनेता सुवास नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक छन् ।

बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानियाँ र राजेन्द्र राई छन् ।

त्यस्तै, विधान संशोधन कार्यदलमा विशाल भट्टराई, शेरबहादुर र विमला राई पौड्‌याल रहेका छन् ।