५ कार्तिक २०८३, बिहिबार

गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । पार्टीको विधान र निर्णयविरुद्ध गुट भेलामा जानेलाई एमालेले कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ ।

नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिँर्दै यस्तो चेतावनी दिएको हो ।

बालुवाटारमा बसेको बैठकले पार्टीबाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिएको हो । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन बैठकले अपिल पनि गरेको छ ।

तर, पार्टीको निर्देशन नमानी अवैधानिक गतिविधिमा संलग्न भइरहे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय दलको बैठकले गरेको बताइएको छ ।