१३ कार्तिक २०८३, शुक्रबार

गुटगत भेला नगर्न र नजान कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेला नगर्न नगराउन र भेलामा उपस्थित नहुन सबै नेता कार्यकर्तालाई निर्देशन जारी गरेका छन् ।

बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजना गरेको चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुने ।

उनले पार्टी भन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिए । उनले पार्टी विधानअनुसार चल्ने बताउँदै त्यसो भेला गरेमा कारवाही गर्ने संकेत पनि गरे ।

उनले भने, “भोलि भेला आह्वान गरेको छ रे । नेकपा एमालेसँग आवद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्ने नगराउन, त्यस्ता भेलामा सरिक, सहभागी र नजान सम्पुर्ण नहुन नेता कार्यकर्ताहरूलाई सजग सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । र त्यस्ता गुटगत भेलाहरुमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु । यस पार्टीमा कसैमाथि अन्याय हुँदैन ।”