घनश्याम पराजुली (कृष्ण) । चितवन समाज इजरायलले आफ्नो जिल्लामा रहेका अनाथ बालबालिका संरक्षण केन्द्र र मृगौला पीडितलाई एक लाख एक हजार बराबरको आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
संस्थाले चितवनको रत्ननगर नगरपालीका बकुल्लहरमा स्थापना गरिएको अनाथ बालबालिका संरक्षण तथा आवाश केन्द्र ९साहाराको घर०मा आश्रित अनाथ बालबालिकाहरुको अध्ययन र खानपिनको लागि नगद पचास हजार रुपैया सहयोग गरेको हो । साहाराको घरमा बझाङ्ग, तनहुँ, चितवन लगायतका जिल्लाहरुबाट १० जना अनाथ वालिकाहरु आश्रित छन । साथै कल्याणपुर गाविस ६ का नौ बर्षिय मृगौला रोगी मुकुन्दराज पौडेलको उपचारका लागी सहयोगार्थ एकाउन्न हजार हस्तान्तरण गरेको छ । उनको दुबै मृगौलाले काम गर्न छाडेपछी सहयोगको लागी गरिएको अपिल बमोजिम सहयोग गरिएको हो ।
बकुल्लहर स्थित साहाराको घरमा एक कार्यक्रम विच उक्त रकम हस्तान्तरण गरिएको हो । चितवन समाज इजराईलकी सचिव सुमित्रा पौडेल ९आचँल० नेपाल आएको बेलामा इजरायलबाट संकलन गरि पठाईएको रकम साहाराको घरकी अध्यक्ष कुसुम तिवारी र मृगौला रोगी पौडेलकी आमा अम्बिका पौडेललाई हस्तान्तरण गरिएको हो ।
इजरायलमा कार्यरत चितवनेहरुको साझा संस्था चितवन समाजको स्थापनाको उद्धेश्य बारे प्रष्ट पार्दै सचिव पौडेलले यो संस्था नितान्त परोपकारी काममा लागेको बताउनुभयो । अहिलेको अवस्थामा आफ्नो जिल्लामा दुख पीडामा परेको व्यक्तिहरु, अनाथ तथा असाहय बालबालिकाको सहयोग संस्थाको पहिलो प्राथमिकामा पर्ने स्पष्ट पार्नुभयो ।
त्यस्तै डेनमार्कमा बस्दै आउनु भएका सोम सापकोटा तथा निर्मला सापकोटाकी छोरी सोनिया सापकोटाको जन्मदिनको अवसर पारेर साहाराको घरलाई स्टेशनरी सहयोग गरिएकोे छ । आमा निर्मला सापकोटाले सहाराको घरकी अध्यक्ष तिवारीलाई स्टेशनरी हस्तान्तरण गर्नुभएको थियो ।














प्रतिक्रिया