
काठमाडौँ, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
मंगलबार शीतल निवासमा आयोजना गरिएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
बैठकको एजेण्डा भने खुलाइएको छैन । यद्यपि पछिल्लो राजनीतिक विषयमा छलफल हुनसक्ने बुझिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।
यतिबेला विभिन्न राजनीतिक दलहरुले पनि छलफललाई तीव्र बनाइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आयोजना गर्नुलाई महत्वका साथ हेरिएको छ ।














प्रतिक्रिया