
काठमाडौँ, १ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ७७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ३ सय २६ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ८ सय ९१ जना रहेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख १४ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण भइसकेको छ ।














प्रतिक्रिया