१३ कार्तिक २०८३, शुक्रबार

गच्छादारलाई उपस्थित हुन विशेष अदालतले टाँस्यो घरमा पत्र

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छादारलाई विशेष अदालतले उपस्थिति हुनका लागि घरमा पत्र टाँसेको छ ।

गच्छादारलाई अदालतले उपस्थित हुनका लागि लेखेको पत्र विशेष अदालतका कर्मचारीले उनको सुनसरीस्थित घरमा टाँसेर फर्किएका हुन् ।

बालुवाटारस्थित ललितानिवास प्रकरणमा मुछिएका उनलाई १५ दिनभित्र उपस्थित हुनका लागि आदेश दिइएको थियो ।

तर गच्छादार सम्पर्कमा नगएपछि विशेष अदालतले घरमै पत्र टाँसेको हो ।

अदालतले फागुन २३ गते नै उनलाई उपस्थित हुन आदेश दिएको थियो । उक्त प्रकरणको सुनुवाई गरी अदालतमा उपस्थित हुन आदेश दिइएको भएपनि उनी गएका थिएनन्

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दावी गरेको छ । भ्रष्टाचार काण्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बन गरिएको छ ।