१३ कार्तिक २०८३, शुक्रबार

सिरहामा बम विस्फोटमा घाइते हुनेको संख्या ८ पुग्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिरहामा बम विस्फोटमा घाइते हुनेको संख्या ८ पुग्यो

काठमाडौँ, १ चैत । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा घाइते हुनेको संख्या ८ जना पुगेको छ ।

आइतबार दिउँसो भएको बम विस्फोटमा एक कर्मचारीसहित ८ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

भवको पहिलो तल्लामा दिउँसो १ बजे अचानक बम बिस्फोट हुँदा कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएका छन् ।

त्यस्तै, घाइते हुनेमा छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्री नारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकीको भने लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । प्रहरीका अनुसार विस्फोट भएको स्थानमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ ।

मोर्चाको पर्चा भेटिएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।

प्रहरीका अनुसार मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समूहले बम विस्फोट गराएको जनाएको छ ।

प्रेसर कुकर बम विस्फोट गराइएको प्रहरीको प्रारम्भिक अनुमान छ । विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीको भनाइ छ ।