
काठमाडौँ, फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु नआत्तिएको बताएका छन् ।
पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेका प्रवृत्तिविरुद्ध निरन्तर लडिने भन्दै ओलीको क्रियाकलापबाट अलिकति पनि नआत्तिएको बताएका छन् ।
शनिबार आफू निकट केन्द्रीय समितिका सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै आफूहरु नआत्तिएको र नआत्तिन पनि आग्रह गरे ।
‘हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न। अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका साथबाट अगाडि बढनुपर्छ’, नेपालले भने, ‘जनताको अपेक्षा र विश्वास छ। सैद्धान्तिक सोच र धारणाबाट हामी अगाडि बढ्नुपर्छ ।’
नेपालले कम्युनिष्ट पार्टीलाई कसरी अघि बढाउन सकिनेबारे अघि बढ्नु पर्ने बताए ।
‘कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढनुपर्छ । कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढनुपर्छ’, उनले भने, ‘गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला हो । हामी विचलित भएर हिँड्ने होइन।’
बानेश्वरमा नेपाल पक्षको बैठक जारी छ ।
शुक्रबार अध्यक्ष ओलीले पार्टीको पदाधिकारीको जिम्मेवारी हेरफेरबाट असन्तुष्ट बनेको नेपाल पक्षले अब कसरी अगाडी बढ्नेबारे योजना बनाइने बताएको छ ।














प्रतिक्रिया