६ मंसिर २०८३, आइतबार

माओवादी र जसपाबीच वार्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेकपा (माओवादी) केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरूबीच वार्ता भएको छ ।

माओवादी मुख्यालयमा शनिबार पुष्पकमल दाहाल र महन्थ ठाकुर, बाबुराम भट्टराईलगायतका नेताहरूको छलफल भएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी गर्ने तथा सत्ता समीकरणमा सहकार्य गर्ने विषयमा छलफल गर्न उनीहरू भेला भएका हुन् ।

छलफलमा जसपाका ठकुर तथा भट्टराईसँगै उपेन्द्र यादव, अशोक राई तथा राजेन्द्र महतो सहभागी छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा, पम्फा भुसाललगायत सहभागी रहेको एक नेताले बताएका छन ।