काठमाडौं, २९ फागुन । नेकपा (एमाले)का नेता भीम रावल नेकपा (माओवादी) केन्द्रको स्थायी कमिटी बैठकमा पुगेका छन् ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पुगेका नेता रावल केही समयपछि बाहिरिएका छन् ।
माओवादी केन्द्रले शनिबार बिहान राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठक बोलाएको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरूले बताएका थिए । सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी अझै निर्णयमा पुगिसेकेको छैन ।
नेता रावलसँग यसै विषयमा छलफल भएको स्रोतले बताएको छ ।











प्रतिक्रिया